Nic

‘मैले सोध्दा प्रधानमन्त्रीज्यूले शिक्षकहरु रेल चढेर आउँछन् भन्नुभयो’

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य गगन थापाले वर्तमान प्रधानमन्त्री केपी ओलीले संघीयता मास्न चाहेको बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारीक ट्रेड युनियनको दशौँ केन्द्रीय परिषद् भेलालाई शुक्रबार जनकपुरधाममा सम्बोधन गर्दै थापाले यस्तो बताउनु भएको हो ।

थापाले भन्नुभयो, ‘मैले संसदमा भने प्रधानमन्त्रीज्यू हाम्रो संसदमा शिक्षक छैन, उहाँले भन्नुभयो शिक्षकहरु रेल चढेर आउँछ, मैले भने प्रधानमन्त्रीज्यू हाम्रो अस्पतालमा औषधी छैन उहाँले भन्नुभयो, डाक्टरहरु पानी जहाज चढेर आउँछ ।’ नेता गगन थापाले व्यंग गर्दै आफूले दमकको सुकुम्बासीहरुलाई उद्धार गर्नुपर्ने भन्दा प्रधानमन्त्री ओलीले आफूले देख्न छाडेकाले दुइ अर्ब खर्च गरेर भ्यू टावर वनाएर हेर्छु भन्नुभयो ।

उहाँले राष्ट्रपतिको विलासीताको आंकाक्षा उच्च रहेको बताउँदै यसको सम्पूर्ण दोषी प्रधानमन्त्री रहेको दाबी गर्नुभयो । संसदमा नै प्रधानमन्त्रीले राष्ट्रपतिको सम्पुर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने अभिव्यक्ति दिएको थापाको भनाइ छ । प्रधानमन्त्रीले गणतन्त्रतको भावना बुझ्न नसकेको बताउँदै नेता थापाले बहुमतको दम्भले तानाशाही सरकार चलाउने खोजेको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका केन्द्रीय अध्यक्ष पुष्कर आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी, पुर्वमन्त्री रामकृष्ण यादवलगायतले मन्तव्य राख्नुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस धादिङको आदमघाटबाट त्रिशुली नदीमा खसेको छ । ना ७ ख ४३८७ नम्बरको बस…

गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ ।

मेष– समस्यामा दिन बित्नेछ, काम अधुरो हुनेछ । वृष– धेरै खर्च हुनेछ , यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

मेष – राजनीतिको लाभ मिल्नेछ । काममा प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी…

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।