Nic

‘सहमति विपरीत गए सिके राउतलाई पनि प्रतिबन्ध’  

धनुषा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सिके राउतले सहमति विपरीत कार्य गरे विप्लव जस्तै प्रतिवन्ध गरिने बताउनुभएकाे छ ।

जनकपुरधामस्थित दुधमती पुलको शुक्रवार शिलान्यास गर्दै मन्त्री महासेठले यस्तो खुलासा गर्नुभएको हो । उहाँले सिके राउतले मुलधारमा आउन प्रयास गरेकाले नै सरकारले सहमति गरेको तर सम्झौता विपरीत क्रियाकलाप जारी राखे सिके राउत र विप्लवमा फरक नछुटयाइने बताउनुभयो ।

नेकपाका नेताहरूले सिके राउतसंग सम्झौता गर्दा पार्टीसंग सल्लाह गरिएन भन्ने गुनासोबारे वोल्दै उहाँले देशको सार्वभौम सत्तासंग जुडिएको कुरालाई सल्लाह सुझाव लिनुपर्ने जरुरी नरहेको बताउनुभयो । यस्ता सहमति गर्न सरकार सक्षम रहेकोले सल्लाह सुझाव लिनु आवश्यकता नठानेको मन्त्री महासेठले उल्लेख गर्नुभयो ।

फरक प्रसंगमा बोल्नुहँुदै उहाँले जनकपुरधाममा रेल्वे सेवा संचालनका लागि कानुनी प्रक्रिया पुरा भइसकेकोले भारत सरकारले रेल हस्तान्तरण गरे लगतै रेल संचालन हुने बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी भन्नासाथ पुरुष त्यसमा पनि अलि कडा स्वभाव र जुङा भएको पुरुष मात्रै हुन्छन् भन्ने सोचाई अधिकांश मानिसमा…