Nic

हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको मुद्दा छाडिन्नः थापा

सावित्री जोशी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जस्तोसुकै परिस्थितिमा पनि हिन्दू राष्ट्र र राज संस्थासहितको प्रजातन्त्र पुनःस्थापनाको मुद्दा जुनसुकै परिस्थितिमा पनि नत्याग्ने बताउनु भएको छ । राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा बोल्दै अध्यक्ष थापाले सत्ताको राजनीति त्यागेर सवालमुखि राजनीति गर्ने प्रतिवद्धता गर्नुभयो ।

२०७० को निर्वाचनमा उपत्यकाबाट १ लाख ३० हजार समानुपातिक मत पाएको राप्रपाले २०७२ मा मात्र १३ हजार मत पाएको भन्दै थापाले सत्तामुखि राजनीति गरेकोले जनताले दण्डित गरेको स्वीकार गर्नुभयो । थापाले भन्नुभयो राप्रपाले अब बाटो बिराउने छैन । अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाको लागि आन्दोलन थाल्ने घोषणा गर्नुभयो ।

२०६२÷०६३ का जनआन्दोलनको बेला म स्वयं शाही शासनकालको गृहमन्त्री थिए भन्दै थापाले भन्नुभयो – २०६३ बैसाख ११ गते भएको सम्झौतामा राजसंस्था फाल्ने कुनै प्रावधान थिएन । सम्झौताको भावना विपरीत अन्यायपूर्ण ढंगले राज संस्था फालिएको थापाले जिकीर गर्नुभयो । सम्बोधनको क्रममा अध्यक्ष थापाले सिके राउतसँगको सम्झौता रहस्यमय, शंकास्पद र द्विअर्थी रहेको भन्दै सिके राउतसँग विखण्डनको राजनीति त्यागेको लिखित गराई ल्याउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभयो । थापाले विप्लव समूहलाई प्रतिवन्ध होइन वार्ता गरेर समस्या समाधान गर्न पनि सुझाव दिनुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै राप्रपाका नेता राजेन्द्र लिङदेनले भ्रष्टाचार, असुरक्षा र महंगी बढेको भन्दै सरकारको आलोचना गर्नुभयो । राप्रपाका बरिष्ठ नेता बुद्धिमान तामाङले राष्ट्र विखण्डन गर्न चाहने सिके राउतलाई संरक्षण दिएर विपल्वलाई प्रतिवन्ध गर्नु सरकारको गल्ती भएको बताउनुभयो । अर्का बरिष्ठ नेता दिपक बोहराले पार्टीको विस्तारित बैठक पछि राज संस्था पुनःस्थापना र हिन्दू राष्ट्रका लागि आन्दोलन थाल्ने बताउनु भयो ।

राप्रपाले गत फागुन ७ गते सरकारलाई २२ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएर फागुन १५ गते राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गरेको थियो । राप्रपाले ताप्लेजुङको पाथिभरा मन्दिरमा पूजा गरी शुरु गरेकोे स्वाभिमान यात्रा महाकालीसम्म पुगेर १८ हौं दिन काठमाडौंमा समापन गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– व्यस्तता बढ्नेछ, काममा सफलता मिल्नेछ । वृष– कुटुम्ब सहयोग मिल्नेछ, भोजनको सुख पाइनेछ । मिथुन– सहयोगमा दिन बित्नेछ, मित्रजन भेटघाट हुनेछ…

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।