Nic

मधेस होइन तराई भन्नुस्ः ज्ञानेन्द्र

प्रमोदकुमार साह

धनुषा । विगत केही दिनदेखि तराईमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गर्नुभएको छ ।
पूर्वराजा शाह जानकी मन्दिरमा आउँदा समर्थकहरुले लामवद्ध भएर स्वागत गरेका थिए । पूर्वराजा शाहको स्वागतका लागि मन्दिरमा रातो कार्पेट बिछ्याइएको थियो भने समर्थकले फूलमाला र पूर्वराजा–रानीका तस्विर समातेर स्वागत गरेका थिए ।

मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले चाँदीले बनेको जानकी मन्दिरको प्रतिमा हस्तान्तरण गर्दै पूर्वराजा शाहलाई स्वागत गर्नुभयो । मधेश दौडाहामा रहेका पूर्वराजा शाहले वर्तमान नेतृत्वप्रति जनता असन्तुष्ट रहेको बताउनुभएको छ । जानकी मन्दिरमा पूजाअर्चना पश्चात सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै पूजाराजा ज्ञानेन्द्रले देशको बर्तमान अवस्था सबैले बुझेको संकेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशको वर्तमान अवस्था तपाईहरुलाई पनि थाहा छ ।’ मधेशको अवस्था कस्तो छ ? भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, ‘मधेस होइन तराई भन्नुस ।’

पूजाअर्चनाका क्रममा उहाँले जानकी मातासंग देशमा शान्ति र जनताको भलो होस् भन्ने कामना गरेका बताउनुभयो । पूर्वराजा पूजाअर्चना गरिरकेका बेला समर्थकले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा समेत लागाएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…