Nic

तलब नपाउनेको आँखामा ‘टेष्ट’ सपना

काठमाडौं । जिम्बाबेमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेर नेपाली क्रिकेट टीमले एक दिवसीय मान्यताको ऐतिहासिक सफलता पाएको एक वर्ष पूरा भएको छ । आईसीसीले नेपालले एक दिवसीय मान्यताको ऐतिहासिक सफलता वर्ष दिन पुगेको भन्दै ट्वीट गरेपछि नेपाली क्रिकेट समर्थकले फेरि एक पटक जिम्बाबेमा नेपाली क्रिकेटरहरुले खेलेको सनसनीपूर्ण खेल सम्झिए ।

यसपछि नेपाली क्रिकेटरले वर्षभर खेलेका खेल, क्रिकेटमा नेपाल सरकारले देखाएको चासो र ओडीआई यात्राका समीक्षा पनि गरे । ओडीआईको मान्यतापछि भएको खेलमा नेपाली क्रिकेटरहरुको विश्व रेकर्ड पनि सम्झिए ।

विशेषगरी, भर्खरै युएईसँगको टी–ट्वान्टी र एक दिवसीय सिरिजको ऐतिहासिक जित दिलाउने क्रममा यो वर्ष नेपाली क्रिकेटरले राखेको विश्व किर्तीमानीले विश्वको ध्यान तान्यो । दुवै सिरिजको पहिलो खेल हारेर पनि सिरिज जित्ने क्रममा नेपालका रोहितकुमार पौडेलले कम उमेरमा एक दिवसीयतर्फ अर्धशतक प्रहार गर्ने विश्व किर्तीमानी राखे । पौडेलले भारतका सचिन तेन्दुकलर र पाकिस्तानका शाहिद अफ्रिदीको किर्तीमान तोडेका थिए ।

अर्का डेब्यू ब्याट्स्यान सन्दीप जोराले टी–ट्वान्टीतर्फ कम उमेरमा अर्धशतक प्रहार गरे । यी दुई बाहेक ओडीआई मान्यतापछि कप्तान पारस खड्काको शतकीय प्रहार, एउटै खेलमा सोमपाल कामीको एउटै खेलमा पाँच विकेट नयाँ रेकर्ड बन्यो । ओडीआईको मान्यतापछि युएईसँगको दुई सिरिज जितेको नेपालले नेदरल्याण्डसँग दुई दिवसीयमा बराबरी खेल्यो । एसिया कप छनोटमा युएईसँग नेपाल पराजित भएको थियो ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्वभरका फ्रेन्चाइज लिगमा अनिवार्य खेलाडी बनिसकेको रेकर्ड पनि यही वर्ष देखियो । तर, नेपाली क्रिकेटरले तलब नै नपाउने, क्यान निलम्बन फुकुवा नहुनुजस्ता रोग यो वर्ष पनि हल हुन सकेन । यद्यपी, नेपाली क्रिकेटरको उत्साह र मनोवल भने उच्च नै देखियो । हरेकजसो क्रिकेटरले अन्तर्वार्तामा भनिदिए– एक दिन नेपालले टेष्ट मान्यता पाएरै छोड्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको प्रष्ट पार्नुभयो ।

बाँकी २३ योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिनुभयो ।

मजदुरको आन्दोलनका कारण नटिपिएपछि इलामका सरकारी चिया बगानहरुमा चिया छिप्पिएको छ ।

लोकसभा निर्वाचनमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको भारतीय जनता पार्टी ( भाजपा) ले भारी बहुमत ल्याएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– प्रशंसा मिल्नेछ । काममा जस पाइनेछ ।वृष– विदेशको काम बन्नेछ । ठुलाबडाको साथ मिल्नेछ ।मिथुन– बाधाको सामना गर्नुपर्नेछ ।…