Nic

दोलखा बस दुर्घटनाः घाइतेलाई काठमाडौं रिफर

ताराबहादुर महत
दोलखा । शुक्रबार बिहान दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका मजदुरहरु ओसारपसार गर्ने रोल्वालिङ्ग यातायातको बा ४ ख ४५७३ नम्बरको बस दुर्घटना हुँदा सुर्खेतको चौगुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइतेहरु मध्ये ५ जनालाई हेलिकप्टर मार्फत र ४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ । गम्भीर घाइते देवसिंह चौधरी, लमजुङका सुरज लामा, बर्दियाका दिनेश सुनुवार, सुर्खेतका प्रेम आचार्य र बस चालक दोलखाका कालिञ्चोक गाउँपालिका ९ का सुदिप शिवाकोटीलाई श्री एयर लाइन्सको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । त्यसैगरी अन्य घाइतेहरु बर्दियाका मायाराम थारु, बुद्धिप्रसाद थारु, बुद्धिराम चौधरी र सुनिल रानालाई एम्बुलेन्स मार्फत शुक्रबार दिउँसो नै काठमाडौं रिफर गरिएको प्रहरी निरिक्षक महतको भनाइ छ ।

उहाँका अनुसार घाइतेहरुको काठमाडौंस्थित वि एण्ड वि र मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ । आयोजनाका मजदुरहरु ओसारपसार गर्ने गाडी दुर्घटनामा परेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…