काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरुमा फरक फरक विषयलाई प्राथमिकताका साथ समाचार छापेको छ ।
नागरिक दैनिकले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा शुरु भएको समाचार लेखेको छ । प्रचण्डको सुरक्षाप्रति मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘१० वर्षे सशस्त्र युद्धपछि शान्तिप्रक्रियामा आाएका नेताहरुलाई सुरक्षा थ्रेट नै हुन्छ । राज्यले पनि उहाँहरुलाई त्यहिअनुसारको सुरक्षा व्यवस्था तयार पारेको छ ।’ श्रोतका अुनसार दाहालको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ जना र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ । ‘अरु पूर्वप्रधानमन्त्रीहरु कसैलाई पनि यो तहको सुरक्षा थ्रेट छैन । दाहाललाई थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाइएको हो ।’ त्यस्तै रेमिट्यान्ससँगै शिशुपनि भित्रिने गरेको समाचार पनि आजको नागरिक दैनिकमा छ । वैदेशिक रोजगारीलाई सुरक्षित गर्न सरोकार राख्ने निकाय गम्भीर नहुँदा महिला जोखिममा पर्ने क्रम नरोकिएको समाचारमा उल्लेख छ । किसानको कोटामा कृषि मन्त्री चक्रपणि खनाल शनिबार चीन जान लागेको समाचार छापेको नागरिकले न्युजील्याण्डको मस्जिदमा भएको आक्रमणमा ४९ जनाको मृत्यु भएको समााचार पनि छापेको छ ।
कान्तिपुर दैनिकमा असन्तुष्ट पक्ष सलबलाउँदै गरेको समाचार पहिलो पृष्ठमा छापेको छ । समाचारमा शुक्रबार राजधानीमा राप्रपाले गरेको सभाको बारेमा उल्लेख गर्नुका साथै राजपा, फोरम, विप्लव र राउतको क्रियाकलापसमेतलाई समेटिएको छ । यस्तै लगानी सम्मेलनको लागि सरकारले साढे २० अर्बको आयोजना ल्याएको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । त्यसको लागि सबैभन्दा बढी उर्जामा ११ खर्ब १ अर्ब २४ करोड रुपैयाँको प्रस्ताव राखिएको छ । त्यस्तै कोरियाली कार कारखाना नेपालमा आउँदै गरेको समाचार पनि कान्तिपुरमा छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकाको पाँचदिने भ्रमण सकेर नेपाल आएको समाचार गोरखापत्र दैनिकमा छ । यस्तै ‘हिंसात्मक गतिविधिमा आँखा चिम्लन मिल्दैन’ शीर्षकमा संविधानविद् डाक्टर विपिन अधिकारीको लेख छापिको छ । राष्ट्रबैंकको प्रतिवेदनमा देशमा महंगी नियन्त्रण भएको कारणले उपभोक्तलाई राहत भएको समाचार पहिलो पृष्ठमा लेखेको छ । लगानी बाृेर्डको बैठकले नेपालमा मोटर कारखाना खोल्नको लागि स्वीकृति दिएको समाचार पनि प्राथमिकतामा परेको छ ।
राजधानी दैनिकले ७० प्रतिशत चिकित्सक केन्द्रमै बसेको समाचार छापेको छ । देशभरका स्थानीयतहमध्ये अझै पनि ३ सय ५३ चिकित्सक नभएको समाचारका लेखिएको छ । स्थानीय तहमा चिकित्सकहरु किन जान मान्दैनन् भन्ने प्रसङ्गलाई पनि यहाँ उठान गरिएको छ । यस्तै नेकपाको एकता गर्नमा देखिएको सकस भएको र गुट उपगुटको जालोले घेरिने क्रम बढ्दा समस्या भएको समाचारमा जनाइएको छ । पछिल्लो समय घर तथा गाडि किन्न धमाधम ऋण दिन थालेका बैंकहरुले सामाजिक क्षृेत्रमा भने चासो नदिएको समाचार जनाइएको छ । अर्बौंका ठेक्कामा अनुगमन नहुनेको समाचारलाई पनि राजधनी दैनिकले पहिलो पृृष्ठमा छापेको छ ।
‘व्यावसायिक घरायनामा नयाँपुस्ता’ शीर्षकमा नयाँ पत्रिका दैनिकले व्यवसायिक घरहाना सम्हालेका युवापुस्ताको तस्बिरसहितको समाचार छापेको छ । समाचारमा नयाँ पुस्ताले नयाँ नयाँ प्रयोगहरुमा पनि जोड दिएर काममा दत्तचित्त भएको प्रसङ्ग उल्लेख गरिएको छ । विदेशमा पढेर र सिकेर आएको उनीहरु नेपालमा त्यसको सदुपयो गर्न लागिपरिरहेका छन् । यस्तै २०७६ सालमा हुने राष्ट्रिय विदा १५ दिन मात्रै भएको समाचार पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । समाचारमा कुन दिन विदा हुन्छ भन्नेबारेमा पनि जानकारी दिइएको छ ।