Logo माघ ३, २०७७ शनिबार


पहिरोले पुरिएर एकको मृत्यु, ४ घाइते

चैनपुर । बझाङ केदारस्युँ गाउँपालिका–४ खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोमा चार महिला घाइते भएका छन् ।

सिँचाइ नहरका लागि बालुवा निकाल्दै गर्दा आज अपराह्न पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा ३५ वर्षीया मनादेवी भट्टको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष भक्तप्रसाद भट्टले जानकारी दिनुभयो ।

घाइते हुनेमा सोही ठाँउका निर्मला भट्ट, जानकी भट्ट, कलादेवी भट्ट र हंसा भट्ट छन् । घाइतेमध्ये कलादेवी र हंसाको अवस्था सामान्य छ भने निर्मला र जानकीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको देउरा स्वास्थ्यचौकीमा उपचार भैइरहेको छ । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्
विशेष

‘ओली गुटले जनादेश मिचेको छ, ५ वर्षका लागि जनताले दिएको जनादेश विघटन गरेको छ ।’ नेता पुनले भन्नुभयो ।

बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल नयाँ प्रजातिका कोरोना संक्रमण पचास प्रतिशतले बढेको छ ।

भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ ।

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ ।

उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

देउवा नेकपा विभाजन भएमा पार्टीले बहुमत ल्याउने र आफूलाई पाचौं पटक प्रधानमन्त्री बन्ने मौका मिल्ने आँकलन गरिरहेका छन् ।