आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए टोली सहभागी हुने

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली(एनआरएनए) टोली सहभागी हुने भएको छ । आठौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीयसँगै गैरआवासीय नेपाली खेलाडी टोलीले पनि सहभागिता जनाउन लागेको हो ।

खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएई, मकाउ, जापान र हङकङसहित ७ मुलुकमा रहेका २४ खेलाडी सहभागी हुँदैछन् । उनीहरुले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङ गरी ९ विधामा प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय खेलकुदले विविध कारण विदेशमा पलायन भएका खेलाडीलाई खेल क्षेत्रमा पुनरागमन गराउने विश्वास गैरआवासीय नेपाली संघले लिएको छ । गैरआवासीय संघले आफ्नो स्थापना कालदेखि नै संस्थागत संरचनाभित्र युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…