Logo ८ श्रावण २०७८, शुक्रबार


सप्तरी तनावग्रस्त

शिक्षा विकास तथा इकाई समन्वय कार्यालयमा तोडफोड, जनकपुरमा परीक्षा स्थगित माग

विद्यानन्दराम/प्रमोदकुमार साह
प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएपछि तनाव भएको छ । विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै स्थानीय र विद्यार्थी आक्रोशित बनेका छन् ।

एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि परीक्षा नै स्थगन गर्नुपर्ने माग उठेको छ । आक्रोशित भिंडले शिक्षा विकास तथा इकाई समन्वय कार्यालय सप्तरीमा तोडफोड भएको छ । अहिले त्यहाँ प्रहरीले सुरक्षा पहरा दिइरहेको छ ।

प्रहरीको गाडीमाथि तोडफोड

जनकपुर

यता, लगातार दुई वटा विषयको परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि निजी विद्यालयले प्रदेश २ को सबै परीक्षा स्थगित गरी पुनः परीक्षा लिन सरकारसँग माग गरेको छ । एन प्याब्सन, प्याब्सन र मधेस प्याब्सनको केन्द्रीय समितिले शुक्रबार जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।

प्रदेश दुईमा सञ्चालित निजी विद्यालयद्वारा सबै परीक्षा स्थगित गरी पुनः परीक्षा लिन माग

पछिल्ला दुई दिनको घटनाक्रमपछि परीक्षामा सहभागी हुन विद्यार्थी नै मानसिक तनावमा देखिएको भन्दै निजी विद्यालयका विभिन्न संगठनले परीक्षा स्थगित गरी नयाँ तालिका सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् । पत्रकार सम्मेलनमा एनप्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले यसअघि सम्पन्न भइसकेको र हुन बाँकी परीक्षाका प्रश्नपत्रहरु सुरक्षित रहेको ग्यारेन्टी नभएकाले परीक्षा स्थगित गरी अर्को तालिका सार्वजनिक हुनुपर्ने बताउनुभयो । विद्यार्थीलाई तयारीको उपयुक्त समय दिएर नयाँ तालिका सार्वजनिक गर्न उहाँको सुझाव छ ।

यसैगरी प्याब्सनका केन्द्रीय महासचिव कुमार घिमिरेले प्रश्नपत्र बाहिरिने घटना गम्भीर रहेको भन्दै यस्ता घटनाले विद्यार्थी र अभिभावकलाई अपूरणीय क्षति भएको बताउनुभयो । विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयलाई गम्भीरताका साथ लिँदै सरकारले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने घिमिरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…