Logo ८ श्रावण २०७८, शुक्रबार


उपाधि होड

सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा शनिबार मकवानपुर र क्यामरुनी क्लब दाफिन्स भिँड्दै

पुष्पराज अधिकारी
हेटौंडा ।
दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधिका लागि क्यामरुनी क्लब दाफिन्स र आयोजकको मकवानपुर–११ शनिबार भिड्दैछन् ।

फाइनलअघि दुवै टोलीले उपाधिमा आ–आफ्नो दावी गरेका छन् । फाइनलअघि भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले उपाधि जित्नेमा आफूहरू ढुक्क रहेको प्रतिक्रिया दिएका हुन् । दाफिन्स क्लब मोफासलमा जारी विभिन्न चारवटा राष्ट्रिय प्रतियोगिताको उपाधि जितिसकेको टोली हो भने आयोजकको मकवानपुर–११ उदियमान नेपाली फुटबलर र विदेशी खेलाडीको समीश्रणमा तयार भएको टोली हो ।

फाइनलको यात्रा तय गर्ने क्रममा दाफिन्सले सशस्त्र प्रहरीको एपिएफ र थ्रीस्टार क्लबको चुनौती पन्छाएको थियो । आयोजक मकवानपुर–११ ले मच्छिन्द्र र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । मकवानपुरको मिडफिल्ड र फरवार्ड लाइन केही मजबुत देखिन्छ भने दाफिन्सको मिडफिल्ड र गोलरक्षक सक्षम छन् ।

प्रतियोगिताको उपाधि जित्नेमा आफूहरू ढुक्क रहेको मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दावी गरेका छन् । मकवानपुरका कप्तान अशोक बरालले बलियो भएर मात्र प्रतियोगिताको उपाधि नजितिने दावी गर्दै आफूहरू प्राविधिकरूपमा सक्षम रहेको र त्यसकारण उपाधि जित्ने दावी गरे। ‘फाइनल खेल हो दुवै टोली जित्नका लागि खेल्नेछन् । तर, हामीसँग असाध्यै मेहेनत गर्ने जुनियर खेलाडीहरू रहेका छन् । दाफिन्सका टिम व्यवस्थापक आशिक थापा मगरले आफूहरू उपाधि जित्नेमा ढुक्क रहेको बताउनुभयो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा करिब ११ वर्षपछि आयोजित प्रतियोगिताको उपाधि कस्ले जित्छ भन्ने जिज्ञास मेटाउनका लागि रेफ्रिको अन्तिम सिटी कुर्नुको विकल्प छैन । प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…