Logo ८ श्रावण २०७८, शुक्रबार


दुई पक्राउ

विप्लवका जिल्ला सेक्रेटरी र कार्यकर्ता पक्राउ

हिमलाल पराजुली
स्याङ्जा ।
सरकारले प्रतिवन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी विप्लवका जिल्ला सेक्रेटरीसहित दुइ जना लाई बिहिबार साँझ गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पुतलीबजार नगरपालिका १३ छहरीखोलामा मोटरसाइकलमा लुकीछिपी भाग्दै गरेको अवस्थामा पोखरा महानगरपालिका–२७ घर भएका ३३ वर्षीय स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली र पश्चिम रुकुम त्रिवेणी गाउँपालिका–१ घर भएका २९ वर्षीय जिवन भन्ने गोविन्द ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई पक्राउ गरी राज्यविरुद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धानको लागि जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । गोकुल पराजुली सेक्रेटरी हुन् भने ओली जिल्ला मज्दुर महासंघको अध्यक्ष भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…