Logo ८ श्रावण २०७८, शुक्रबार


सरकारको षड्यन्त्र

प्रश्नपत्र बाहिरिनु संघिय सरकारको कमजोरी

पर्सा । सत्ता साझेदार संघिय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले संघियता कमजोर पार्ने तत्वहरुको डिजाईनमा प्रदेश नम्बर २ मा लगातार प्रश्नपत्र बाहिर ल्याइएको आरोप लगाउनुभएको छ ।

वीरगंज महानगरको प्रथम नगर अधिवेशन समारोहलाई सम्बोधन गर्दै सांसद यादवले प्रदेश नम्बर २ को सरकारलाई बदनाम गर्ने र संघियतालाई कमजोर पार्न संघिय सरकारको षडयन्त्र मातहत प्रश्न पत्र बाहिर ल्याइएको आरोप लगाउनुभएको हो । प्रदेश नम्बर २ को सरकारलाई संघिय सरकारले लगाएको आक्षेप गलत भएको बताउदै सांसद यादवले संघिय सरकारले आफनो कमजोरी लुकाउन प्रदेश सरकारलाई दोष दिएको आरोप लगाउनुभयो ।

सांसद यादवले भन्नुभयो, प्रदेश नम्बर २ को सरकारलाई संघिय सरकारले कुनै पनि अधिकार दिएको छैन, प्रश्नपत्र छाप्ने, सुरक्षा दिने सबै जिम्मा संघिय सरकारको रहेकोले प्रश्नपत्र कसरी बाहिर आयो यसको जवाफ संघिय सरकारका शिक्षा मन्त्रीले दिनुपर्छ ।’ विधार्थीहरुको भविष्यसँग खेलवाड गर्ने संघिय सरकारका शिक्षा मन्त्रीले आफनो कमजोरी स्वीकार गरेर नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…