Logo बैशाख २९, २०७८ बुधबार


सडकमा मृत्यु

बिरामीलाई सडकमा छाड्दा ज्यान गयो

काठमाडाैं । ग्राहकलाई भगवान मान्ने ट्याक्सीचालकले नै बिरामी यात्रुलाई ट्याक्सीबाट निकालेर सडकमै फालिदिन्छन् र यात्रुको मुत्यु हुन्छ भन्ने सायदै सोचिन्छ । बाटो नदेखे वा निश्चित गन्तव्यसम्म जान ट्याक्सी प्रयोग गरिन्छ । त्यसैले ट्याक्सीलाई सुरक्षित सवारीसाधन पनि मानिन्छ । तर बुधबार भने एक चालकले ट्याक्सीमा बिरामी भएका यात्रुमाथि कसैले नसोचेको संवेदनाहीन व्यवहार गरे । जसका कारण यात्रुको ज्यान गयो ।

गोकर्णेश्वर नगरपालिका–४ घर भएका ६० वर्षीय गोपाल कारन्जित अस्पतालमा जँचाएर घर फर्कन ट्याक्सी चढे ।ट्याक्सीमा उनलाई हृदयाघात भयो । चालक दोलखा मेलुङका ५० वर्षीय कमलबहादुर श्रेष्ठले कारन्जितलाई नजिकै रहेको अस्पताल नलगी ट्याक्सीबाट निकालि बाटोमै फालिदिए । र उनको मृत्यु भयो ।

चापहिलस्थित मेडिकेयर अस्पतालमा स्वास्थ जाँच गराएर ट्याक्सीमा घर फर्कने क्रममा कारन्जितलाई हृदयाघात भएको थियो । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…