नक्कली प्रमाणपत्र
जागिर खानेमा शिक्षक बढी

काठमाडौं । सरकारी शिक्षण संस्था, सुरक्षा निकाय र स्थानीय तहमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी बढेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययन विश्लेषण र छानबिनका क्रममा शैक्षिक संस्था, प्रहरी र स्थानीय तहका अधिकारीहरुले जागिर खान र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गर्ने गरेको पाइएको हो ।
अख्तियारका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खानेमा पहिलो नम्बरमा शिक्षक, दोस्रो नम्बरमा प्रहरी र तेश्रो नम्बरमा स्थानीय तहका कर्मचारी छन् । निजामति क्षेत्रको प्राविधिक पदमा जागिर खानेहरुले पनि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने गरेको अख्तियारले जनाएको छ ।
समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।