Logo ८ श्रावण २०७८, शुक्रबार


बारको निर्वाचन

तीन समूह चुनावी मैदानमा

काठमाडौं । नेपाल बार एशोसिएनको २५ औँ केन्द्रीय कार्यसमिति चयनका लागि शनिबार निर्वाचन हुँदै छ ।
आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट शुरु भएको निर्वाचन अपरान्ह ४ बजेसम्म चल्ने छ ।

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए) र वृहत् लोकतान्त्रिक समूह (डिएलए) र बीच प्रतिस्पर्धा हुने भएको छ ।चुनावी मैदानमा उत्रिएका तीनै समूहको आन्तरिक विवाद पनि कम छैन, जसले प्रतिस्पर्धालाई झन् पेचिलो बनाएको छ ।

उम्मेदवारको टिकट बाँडफाड गर्दा भएको विवादका कारण उम्मेदवारहरूलाई आन्तरिक चुनौति बढी देखिन्छ । निर्वाचनमा देशभर रहेका १० हजार ३ सय १३ मतदाताले मतदान गर्नेछन् । आज हुने २५ औं केन्द्रीय कार्यसमिति चयन प्रक्रियामा एक हजार ८ सय नयाँ उम्मेदवार सहभागी हुनबाट बञ्चित भएका छन् ।

नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा सुनिल पोखरेलको लोकतान्त्रीक समूह बनाएर निर्वाचनमा सहभागी भएका छन् भने चण्डेश्वर श्रेष्ठ प्रगतिशिल समूह बनाएर निर्वाचनमा सहभागी भएका छन् ।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था छ । बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक जना र सातै प्रदेशबाट एक÷एक जना गरी आठ जना उपाध्यक्ष निर्वाचित हुनेछ । बारको २५औं कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…