आजको मौसम

काठमाडौं । शनिबार देशका केही स्थानहरुमा मेघगर्जन सहितको वर्षा हुनेछ । जल तथा मौषम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखका अनुसार देशमा पूर्वी र मध्य भागका केहि स्थान र पश्चिमी भागका केही स्थानहरुमा शनिबार मेघ गर्जन सहितको क्षणिक वर्षाको सम्भावना देखिएको हो ।
पूर्वी र मध्य भू–भागहरुमा सामान्य बदली रहनेछ भने पश्चिमी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना पनि रहेको महाशाखाका मौषमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार रातको समयमा देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका थोरै स्थानहरुमा र पश्चिमी भू–भागहरुका एकदुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ भने हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना पनि छ ।