अध्यक्षमा रमेश अधिकारी
पञ्चदेवल समाज दक्षिण कोरिया गठन

काठमाडौं । अछामको पञ्चदेवल बिनायक नगरपालिकाबाट बैदेशिक रोजगारिकालागि दक्षिण कोरिया रहेको नेपाली समुहले जन्मभूमिको सेवाका लागि रमेश राज अधिकारीको अध्यक्षतामा पञ्चदेवल समाज दक्षिण कोरियाको गठन गरेका छन् ।
अध्यक्ष रमेश अधिकारी रहेको समितका उपाध्यक्षमा दिर्घ कडायत ,सचिवमा दिपक अधिकारी ,कोषाध्यक्षमा चन्द्र प्रसाद न्यौपाने रहेका छन् । सदस्यहरूमा टंक प्रसाद सन्ज्याल ,धनराज तिमिल्सैना, रमेश बिष्ट, छत्र बहादुर शाही, तपेन्द्र बुढा र डिक्र प्रसाद तिमिल्सैना रहेका छन् । संस्था स्थापनाको उद्देश्य स्थानयि कला संस्कृतिको जगेर्ना गर्दै अपर्झट आइपर्ने विभिन्न किसिमका प्रकृतिक विपत्तीहरुमा सहयोग गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा हुने हरेक क्रियाकलापमा संस्थाले सहयोग गर्ने उहाँको प्रतिवद्धता रहेको छ । मुलुक छाडेर विदेशिनुको पीडा संगाल्दै आफूले कमाएको केही अंश संस्थाकालागि छुट्याइने रमेश अधिकारी बताउनुभयो ।
