Logo ८ श्रावण २०७८, शुक्रबार


आन्दोलनको रणनीति बनाउन थारु अगुवा बर्दियामा

बर्दिया । थारु जातीको हक अधिकार प्राप्तीका लागि यस अघिका आन्दोलनको समिक्षा गर्न देश भरका थारु अगुवा बर्दियामा भेला भएका छन । जिल्लाको ठाकुरबाबा नगरपालिकाको थारु होममा तराईका झापादेखी कन्चनपुरसम्मका करिब ४ सय अगुवाले थारुहट आन्दोलनको समिक्षा गरिरहेका हुन ।

थारु होममा शनिबार आयोजना गरिएको थारुहट आन्दोलन र अबको बाटो विषयक समिक्षा गोष्ठीमा छलफल र कार्यपत्र प्रस्तुत हुने थारु अगुवा मोहन चौधरीले जानकारी दिनुभयो ।

भेलाले टिकापुर आन्दोलनमा दोषी ठहर भई जन्म कैदको सजाय पाएका रेशमलाल चौधरीका विषयमा गहन छलफल गरि आगामी योजना र आन्दोलनको रणनीति तयार पार्ने बताइएको छ ।

सरकारले थारु आन्दोलनलाई पक्षपात ढंगले व्यवहार गरेकाकारण थारु आन्दोलनलाई अब कसरी अघि बढाउने भन्ने विषयमा छलफल केन्द्रित गर्ने बताईएको छ ।

थारुहट आन्दोलनको सवल पक्ष र दुर्वल पक्षमा छलफल गरि अब थारु आन्दोलनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा रोडम्याप तयार पार्ने सहभागि थारु अगुवाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…