Logo ८ श्रावण २०७८, शुक्रबार


निरन्तर शनिबारमा कादम्बिनी

काठमाडौं । निरन्तर शनिबारको यस पटकको शृङ्खलामा पनि रचना वाचनलाई नियमितता दिइएको छ । यसपटकको अतिथिका रूपमा गीतकार र गजलकार शीतल कादम्बिनी रहनुभएको थियो ।

शास्त्रीय छन्दको कविता सुमधुर स्वरमा वाचन गर्दै आफ्नो प्रस्तुति सुरु गरेकी कादम्बिनीले नेपालगन्जदेखि चितवन हुँदै काठमाडौँसम्मको साङ्गीतिक यात्राका आफ्ना रोचक अनुभवहरु र अनुभूतिहरु सुनाउनु भएको थियो । रचना वाचनक क्रममा उहाँले कादम्बिनी एल्बम आउनुभन्दा पहिले नै आफ्ना केही गीतहरु रेकर्ड भएको भए पनि आफू नोटिस हुन नसकेको र पछि ुकादम्बिनीु एल्बमका गीत रगजलहरुले आफूलाई चिनाएको बताउनु भयो । त्यसपछिका एल्बमहरु ुशीतल र निर्झरीले पनि राम्रै चर्चा बटुलेकोमा खुसी व्यक्त गर्दै उहाँले कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ, धेरै चोटि मरे म त, गयो रात के भो, बनायौ तिमीले बहाना अनौठो र झुमा झुम्कावाली लगायतका गीत र गजलहरु गुनगुनाउनु भएको थियो ।

कार्यक्रममा सुदर्शन शर्मा, इन्द्र लम्साल, पदम दाहाल, केवल कार्की, रन्जिता गिरी, टेकराज अवस्थी, एपी सुमन, शैलेन्द्र शर्मा गौडेल, सोझो गाउँले लगायतले आफ्ना रचना सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…