Logo जेठ ३, २०७८ सोमबार


‘हट्यो काकाकुल’

सन्तोष श्रेष्ठ,
धादिङ ।
लामो समयदेखि पिउने पानीको चरम समस्या भोग्दै आएका दक्षिणी धादिङस्थित स्यामै डाँडाको चेपाङ्ग बस्तिमा स्वच्छ पिउने पानीको व्यवस्था भएको छ । यहाँका बासिन्दा आजकाल आफ्नै घरको आँगनमा धाराबाट पानी झरेको देख्दा दङ्ग छन् । भुकम्पको कारण खानेपानीको मुहान सुकेपछि खानेपानीको चरम समस्या झेलिरहेका नागरिकहरुलाई घरघरमा पानीको धारा पुगेपछि स्थानीयहरुमा खुसीको सीमा छैन ।

गाउँवासीले खानेपानीको लागि भोग्नुपरेको पुराना दिन सम्झँदा अहिले पनि अत्यास लाग्ने गरेको छ । गाउँमा पानीको संकट हुँदा असहाय, अशक्त र बिरामीहरुले पिउने पानी पाउनै मुस्किल हुन्थ्यो, एक गाग्री पानी लिन मध्य रातदेखि घरभन्दा आधा घण्टा टाढा रहेको कुवामा गएर पालो कुर्नुपथ्र्यो । तर अहिले आगनमै पाइपबाट पानी झरेको देख्दा सपना जस्तै लाग्ने गरेको छ । गाउँमै खानेपानी आएपछि यहाँका बासिन्दाको जीवनशैलीमा समेत परिवर्तन आउन थालेको छ । पहिलेका वर्षहरुमा हिउँदको समयमा उजाड देखिने करेसाबारी अहिले हरियाली देखिन थालेका छन्, अहिले घरायसी कामका साथै घर–घरमा धारा आएपछि बच्चाहरुलाई सरसफाई गर्न, बस्तुभाउलाई खुवाउन र तरकारीबालीमा पनि पानीकौे कारण निकै सहज भएको स्थानीय सरस्वती थापा बताउँछिन ।

गजुरी गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ वडाका ३ सय २६ घरधुरीलाई खानेपानीको समस्याका कारण दैनिक कामकाजमा भएको समस्या हटेको छ । आयोजनामा १ करोड ९४ लाख ७९ हजार १७ रुपैँया लागत रहेको छ । आयोजनाबाट ३० घरधुरी दलित सँगै १ सय ६५ घरधुरी जनजाती र अन्य १ सय ३१ घरधुरी गरी ३ सय २६ घरधुरीका करिब २ हजार व्यक्ति लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…