एसईई छानबिनः पुग्यो सिआईबी टिम

विद्यानन्द राम
राजविराज । प्रदेश २ मा एसइईको प्रश्नपत्र बाहिरिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन थालेको छ।
सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशंकामा सीआइबीले पहिलो चरणमा शनिबार सप्तरी पुगेको हो। डिएसपीको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले काम शुरु गरिसकेको सप्तरीका एसपी राजेन्द्र विष्टले बताउनुभयो। लगातर प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शनिबारदेखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।
यसैबीच, सप्तरीका सिडिओ तथा परिक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले शुक्रबारै पत्रकार सम्मेलन गरी प्रश्नपत्र सप्तरीवाट आउट नभएको दावी गर्नुभएको छ ।