Logo बैशाख ५, २०७८ आइतबार


प्रहरी छापामा कांग्रेसकाे आपत्ति (विज्ञप्तिसहित)

कपिलवस्तु । विप्लवका कार्यकर्ता खोज्दै कांग्रेसको घरमा प्रहरीले छापा हानेपछि नेपाली कांग्रेसले प्रेस विज्ञप्ती निकाल्दै घोर निन्दा गरेको छ। कपिलवस्तुको शिवराज नगरपालिका–९ नेत्र विक्रम चन्द विप्लवको गाँउ शिवगढीमा शनिबार बिहान ४ बजे प्रहरीले खनतलासी गरेको थियो ।

प्रहरीले नेपाली कांग्रेसका शिवगढी सभापती हरी श्रेष्ठ, पुर्व क्षेत्रीय सभापती तथा वडा अध्यक्षका उम्मेदवार गने गिरी, वडा सचिव प्रशु जिसी, सदस्यहरु टंक बहादुर पौडेल, रमेश बुढा मगर, टेक बहादुर भण्डारी, तिरु गुरुङ्ग, र विक्रम शाहको घरमा प्रहरीले छापा हानेको विज्ञप्तीमा भनिएको छ ।

प्रहरीले बिना पुर्जी बिहान ४ बजे खनतालसी गरी डर धम्की दिनु, अभद्र व्यहार गर्नु नेपाल सरकारले बहुमतको आडमा देखाएको अभद्र व्यवहार तनाशाही प्रवृत्ति भएको विज्ञप्तिमा उल्लेख छ । आगमी दिनमा यस्ता अमानवीय राज्य आंतकका गतिविधी नहोस् नदोहरीयोस् भन्दै नेपाली कांग्रेस शिवराज नगरसभापती मधुसुदन पोख्रेलद्धारा हस्तक्षरित विज्ञप्तीमा जनाइएको छ । साथै अगामी दिनमा हाम्रा नेता कार्यकर्ताहरुलाई मनवीय व्यवहार गरियोस् भन्दै सम्बन्धित निकायको ध्यान विज्ञप्ति मार्फत् आकर्षण गराइएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।