Logo ८ श्रावण २०७८, शुक्रबार


दोलखामा आठसय चल्ला नष्ट

दोलखा । अवैधानिक रुपमा लुकाइछिपाइ जिल्ला भित्र्याइएका लेस कुखुराका आठ सयवटा चल्ला दोलखा प्रहरीले नष्ट गरेको जनाएको छ ।

काठमाडौंबाट दोलखाको झुले–छौँडे हुँदै गुफ्ले जाँदै गरेको सार्वजनिक बसमा शनिबार दिउँसो चेकजाँच गर्ने क्रममा भेटिएका कुखुराका चल्ला प्रहरी चौकी छौँडेको टोलीले नष्ट गरेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रदिप महतले जानकारी दिनुभयो । आवश्यक प्रक्रिया नपु¥याई चल्ला गाउँमा बेच्नको लागि ल्याइएपछि बर्डफ्लू भित्रिन सक्ने त्रासका कारण चल्ला नष्ट गरिएको प्रहरी निरिक्षक महतको भनाइ छ ।

देशका विभिन्न जिल्लामा बर्ड फ्लूको संक्रमण भइरहेका बेला दोलखामा जिल्ला बाहिरबाट आउने मासु तथा कुखुरा र अण्डाको आयातका लागि जिल्ला पशु सेवा विज्ञ केन्द्रको स्वीकृतिमा अनिवार्य गरिएको छ । यहि चैत्र १० गते बसेको बर्ड फ्लू नियन्त्रण जिल्ला समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसबीचमा मासुजन्य पदार्थ बोकेका जिल्ला प्रवेश गर्ने सिमा नाकाहरु खरिढुङ्गा, किर्नेटार र किराँतिछाप प्रहरीले १२ वटा गाडीहरुहरु सम्बन्धित जिल्लाहरुमा नै फिर्ता गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…