Logo ८ श्रावण २०७८, शुक्रबार


दुर्लभ पुत्का मौरीको संरक्षण


नेपालगञ्ज । ५१ वर्षिय पुरमल बस्नेत नेपालमा अति नै दुर्लभ अवस्थामा पुगेको पुत्का मौरीको संरक्षणमा जुटेका छन् । उनी नेपाली सेनाका सेवा निबृत्त सुवेदार हुन ।

बस्नेतले अहिले मेलिफेरा एक सय घार, सेरेना ४ घार र नेपालमै लोपोन्मुख मानिएको १५ घार पुत्का मौरी पालेका छन । जलबायू परिवर्तनका कारण प्रयाप्तमात्रामा फुलहरु नफुल्दा मह उत्पादनमा कमि आएको बस्नेत बताए । उनले भने, ‘लोपन्मुख अस्थामा रहेको मौरी पालनलाई सम्बन्धीत निकायले नितिगत रुपमा नै संरक्षणका लागि पहल गर्नुपर्छ ।’
‘यो मौरी बाँके बर्दियाको निकुञ्ज क्षेत्रमा पाईने भएपनि अज्ञानताको कारण लोप हुने अवस्थामा पुगेको छ । संरक्षणको लागि संबन्धित निकाय मौन छ’ बस्नेत भन्छन् ‘हेर्दा झिंगा जस्तो देखिने अत्यन्तै सानो पुत्का मौरी समुन्द्र सतहदेखि १ हजार फिटसम्मको उचाईमा रहेको जंगलको विभिन्न जातका रुखका टोड्कामा पाईन्छ ।’

उनले बितेका ६ वर्षयता पुत्का मौरीको बारेमा अध्ययन मै रहेकोले मह निकालेको बताए । घार बनाएर व्यावसायिक पाल्नको लागि परम्परागत घारबाट संभव नभएकोले आधुनिक घारमा पनि यसलाई पाल्न सकिन्छकी भनेर प्रयास गर्दै आएको छ।’ उनले भने, ‘अहिले ८ वटा आधुनिक घारमा राखेकामा ७ वटा भने सफल भएको छन् । प्राकृतिक संरक्षण खासगरी बाघको संरक्षणमा पुत्का मौरीले ठूलो भूमिका खेल्ने र यो मौरी पाईने ठाँउमा बाघ र सर्पको समेत बासहरु हुने उनको भनाई छ । यी दुबै जीव प्रकृतिका लागि अत्यन्त आवश्यक रहेकाले यसको संरक्षणको लागि सम्बन्धित निकाय जिम्मेवार बन्नु जरुरी रहेको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…