Logo बैशाख २८, २०७८ मंगलबार


लगानी सम्मेलनको अन्तिम सत्रः ७७ मध्ये १७ परियोजनामा चासो

काठमाडौं । शुक्रबारबाट काठमाडौंमा शुरु भएको लगानी सम्मेलन शनिबार (आज) सम्पन्न भएको छ । ३८ देशका ६ सय लगानीकर्ता र नेपालका करिब ४ सयको उपस्थितिमा सम्मेलन दुई दिनसम्म चलेको थियो । सम्मेलनमार्फत् विभिन्न देशका लगानीकर्ताले लगानीको घोषणा गरेका छन् । उनीहरुले नेपालबाट मुनाफा लैजान समेत गाह्रो नभएको भन्दै एकै स्वर गरेका छन् ।

दुईदिने सत्रबाट १७ वटा परियोजनामा विदेशी लगानीकर्ताले चासो देखाएका छन् । उनीहरुले आवेदन नै हालेर यी परियोजनामा लगानी गर्ने इच्छा देखाएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १७ वटा परियोजनामा लगानीको प्रस्ताव आएको बताउनुभयो। १५ वटा परियोजनाका लागि सम्मेलनमा डिल र एमओयू भएको छ ।

सरकारले तोकेको राजश्व तिररै १७ वटा परियोजनामा लगानीको प्रस्ताव आएको अधिकारीले जानकारी दिनुभयो । सरकारले सम्मेलनका लागि ७७ वटा परियोजना ‘सो–केस’मा राखेको थियो । लगानी सम्मेलनमा पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शक्षिा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनी आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…