Logo ८ श्रावण २०७८, शुक्रबार


मकवानपुरले जित्यो शहीद स्मृति राष्ट्रिय फुटबल उपाधि

पुष्पराज अधिकारी

मकवानपुर । दोस्रो संस्करणको शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता हेटौंडा–२०७५ को उपाधि आयोजक मकवानपुर–११ ले जितेको छ ।

हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आज क्यामरुनी क्लब दाउफिन्सलाई २–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर–११ ले उपाधि जितेको हो ।

खेलको शुरुमै क्यामरुनी क्लबका यान्निक ओवानाले टिमका लागि १ गोलको अग्रता दिलाएपनि मकवानपुर–११ का योगेश गुरुङले दुईवटा पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दा उपाधि आयोजक टिमले जितेको हो । विजेता मकवानपुर–११ ले नगद ८ लाख सहीत शिल्ड र मेडल हात पारेको छ । उपविजेता दाउफिन्स क्लबले नगद ४ लाख शिल्ड र मेडल जितेको छ ।

प्रतियोगीतामा बेस्ट डिफेन्डर दाउफिन्सका ओको वाटाले हात पारे । प्रतियागिताको सर्वोत्कृष्ट खेलाडि, गोलकिपर र बेस्ट प्लेयरका उपाधि मकवानपुर ११ का किपर अशोक बराल घोषित भए । अन्य बिधातर्फ आयोजक टिमकै हिसुब थपलिया म्यान अफ द म्याच , योगेश गुरुङ बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड रोजन सुब्बा र बेस्ट कोच बिजयलाल श्रेष्ठले हात पारे । बिधागत तर्फ खेलाडिले नगद २० हजार पुरस्कार जितेका छन् । भने बेस्ट प्लेयरको उपाधि विजेतालाई नगद ७५ हजार पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…