Logo बैशाख ६, २०७८ सोमबार


‘नेपालमा लगानी गर्न समस्या छैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ ।

लगानी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानूनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको बताउनुभयो । राजनीतिक स्थायित्वले लगानीकर्तालाई विश्वास दिलाएको उल्लेख गर्दै अध्यक्ष दाहालले सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनाइएको र निर्णय प्रक्रियालाई सहज बनाइको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले पछिल्ला दिनमा व्यवस्थापन तथा बजारीकरणमा नवीन प्रयास गरिएको, सरकारले दर्जनौँ सुधारको काम गरेको र लगानीका लागि सहज बनाइएको तथा समस्यारहित वातावरण बनाइएको बताउनुभयो । नेपालको जनशक्ति, प्राकृतिक स्रोत तथा साधनले लगानीकर्तालाई सहज वातावरण बनाएको स्पष्ट पार्दै अध्यक्ष दाहालले छिमेकी देशसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले पनि थप सहजीकरण गरेको बताउनुभयो ।

दक्षिण एशियामै पर्यटन क्षेत्रका लागि महत्वपूर्ण स्थानमा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले बौद्धिक सम्पत्तिको संरक्षणमा पनि पछिल्ला दिनमा सरकारले जोड दिइएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।