Logo बैशाख २, २०७८ बिहीबार


संकटाले चुम्यो काभ्रे गोल्डकप उपाधि

रोजन तामाङ

काभ्रे । प्रथम काभ्रे गोल्डकपको उपाधी सिएजी संङकटा क्लबले जितेको छ ।

काभ्रेको धुलिखेलमा भएको फाइनल खेलमा संङकटाले आयोजक जिल्ला खेलकुद संघको टिमलाई ३–० ले पराजित गर्दै उपाधी जितेको हो ।

खेलको पहिलो हाफको ३० सेकेन्डमै सिएजी संङकटाका अविशेक रिजालले गोल गरेका थिए भने खेलको पहिलो हाफको ३५औं मिनेटमा सिएजी संङकटाका एक्नी क्रिष्टयनले गोल गर्दै आयोजकलाइ दवावमा राखेका थिए । खेलको दोस्रो हाफको अतिरीक्त समयमा सिएजी संङकटाका सुवास गुरुङले निर्णायक गोल गरेपछि खेल संकटाको पक्षमा गएको थियो ।

उपाधि विजेता बनेको सिएजी संङकटाले ४ लाख नगद ट्रफीसहित मेडल प्राप्त गरेको छ भने उपविजेता काभ्रे फुटवल संघले २ लाख नगद ट्रफी र मेडल हात पारेको छ ।

खेलको म्यादअफ दि म्याच संकटाका अविशेक रिजाल घोषित भए भने संकटाकै एक्नी क्रिस्यटन हाइस्कोरर र टम्पी अरनेष्ट वेष्ट डिफेन्डर घोषित भए । विजेता एवं उपविजेतालाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, जिल्ला खेलकुद संघका अध्यक्ष सचितानन्द केसी लगायतले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।