Logo बैशाख २८, २०७८ मंगलबार


व्यवसाय गरे गाउँमै सुन फलाउन सकिन्छ

आशिष बहादुर सिंह

बझाङ । ‘पढे लेखेर जागिरे बन्नुपर्छ भन्ने छैन । सिकेका कुरालाई प्रयोगमा ल्याए नेपालमै सुन फलाउन समय लाग्दैन ।’ उनले भने, ‘युवाहरुको सोचमा परिवर्तन आउनु जरुरी छ । पासपोर्ट बोकर विदेश जाने हैन देश भित्रै व्यवसायि बन्न संघर्ष गर्नुपर्छ ।’ देशको विकास, आर्थिक सुधार र समृद्धिका लागी युवाहरुमा मैले देश बनाउने हो विदेश हैन भन्ने सोच आउनु अतिआवश्यक रहेको खातीले बताए ।

स्थानीय तहको चुनाबमा थलारा गाँउपालीकाको अध्यक्ष पदका लागी उम्मेद्वारी दिएका खातीले झण्डै ४ सय मतले हार बेहोर्नु परेको थियो । थलारा गाँउपालीका वडा नम्बर ८ का भुवनेश्वर उपाध्यायसँग गाँउपालीका अध्यक्षमा पराजित भएपछि खातीले कुखुरा ब्यावसाय गर्न शुरु गरेका थिए । बझाङ जिल्लाका अधीकांश पराजित उम्मेद्वारहरु कुनै पनी व्यवसायमा आबद्ध नभए पनी खातीले भने कुखुरा फर्म खोली व्यवसाय शुरु गरेका छन् । गाँउ ठाँउका युवाहरु धमाधम विदेश जान थाले पछी आफ्नो सिको गरुन भनेर पनी आफै व्यवसाय गर्न शुरु गरेको खातीले बताए ।
खातीले कुखुरापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

विहान सबेरै देखि साँझ अबेर सम्म कुखुरालाई चारो हाल्नु पानी दिनु र पोल्ट्रीफर्मको सरसफाई गर्नु उनको दैनिकी बनेको छ । ‘ईपिएम विषयमा स्नातकोत्तर पास गरेका खातिलाई बैदेशिक रोजगारीको मोहले कहिल्यै पनी छोएन, न त सरकारी जागिरे बन्नुपर्छ भन्ने सोच नै आयो’ खातीले भने ‘आफ्नो ठाँउको परिवर्तन र विकासका लागी म परिश्रममा विश्वास गर्छु । राम्रो परिश्रम गरे घरमै पैसा कमाउन सकिन्छ ।’ विदेश जाने युवाहरु प्रति लक्षित गर्दै उनले भने ‘देशमा परिश्रम गर्न रुचाउदैनन्, देशमा कमाउने वातावरण छैन भन्छन्, राम्रो काम पाएन भन्छन् तर विदेशमा उनीहरु जस्तो पायो त्यस्तो काम गर्छन ।’ विदेश जस्तो स्वदेशमा परिश्रम गरे दुख पनि नपाईने कमाई पनि राम्रो हुने उनको भनाई छ ।

अलि अलि पैसा भए गाँउघर छोडेर बाहिरिन्छन् । खेतवारी राम्ररी कमाउने गरेका छैनन् । साँझ विहान काम छैन भनेर हल्लेर हिंडेपछि कसरी कमाई हुन्छ ? प्रश्न गर्दै उनले भने, ‘मैले धेरै पढेलेखेको छु भन्ने सोचले स्वदेशमा काम गर्दिन भन्ने मानसिकता मनबाटै हटाउनु आवष्यक छ । हामी पढेलेखेको मानिसले कृषिको क्षेत्रमा पनि विभिन्न प्रविधिको ज्ञान सहजै पाउन सक्छौ । नयाँ–नयाँ पद्धतिको प्रयोग गरि व्यवसायिक रुपमा अगाडि बढन सकिन्छ । तर यहाँ गरि खाने भन्दा पनि नगरिखानेको बाहुल्यता छ । यसरी देश विकास र समृद्धिमा जान सम्भव देखिदैन ।’

तीनवटै तहको सरकार भएकाले युवाको सक्रियताका लागी विशेष कार्यक्रम गरि व्यवसायिक रुपमा अघि बढ्न चाहने युवाहरुलाई सरकारले विना झन्झट आर्थिक सहयोग गर्नुपर्ने उनको भनाई छ । एक बर्ष अघि २ सय ५० कुखुराका चल्ला बाट शुरु गरेको उनको पोल्ट्रीफर्ममा अहिले ८ सय चल्ला छन् । जिउँदो कुखुरालाई पोल्ट्रीफर्ममा प्रतिकिलो २ सय ४० मा विक्रि गर्दै आएका खातिले थलारा गाउपालिकाको खोलीमा पनि मासु पसल संचालन गरेको बताए । आफु मात्र हैन पोल्ट्रीफर्ममा अरु २ जनालाई समेत रोजगारी दिएका छन । उनको चाहाना छ, ‘व्यवसायि बन्ने सिको सबै युवाले गरुन् । सम्भाव्यता अध्ययन गरेर व्यवसाय गरे विदेशिनै पर्दैन ।’ अहिले वार्षिक २–३ लाख चोखो बचत हुने गरेको समेत खातीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…