Logo बैशाख ६, २०७८ सोमबार


निर्दयी डाक्टर : घर र गाडी नपाउँदा हत्या

काठमाडौं । नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनको श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएका छन् । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरुले प्रदर्शन गरेको हुन् ।

‘अब डाक्टर र इन्जिजियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, ¥यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन । ’

बाराको परवानीपुर बहुअरीकी सुनीतादेवीको २०५९ फागुन ९ गते वीरगन्ज २० हरपतगन्जका सचितानन्दसँग मागी विवाह भएको थियो । बिहेका बेला माइती पक्षले १२ लाख ५० हजार नगद र २ लाख ५० हजारका गरगहना दिएका थिए । भोजभतेर गर्दा माइतीपक्षको २० लाख खर्च भएको थियो । उनीहरुको दाम्पत्य एक वर्षसम्म राम्रैसँग चल्यो ।

त्यसपछि पतिले कार र वीरगन्जमा घर किन्न लगाउन सुनीतालाई दबाब दिन थाले । उनले थप दाइजो दिन सक्ने अवस्थामा माइती नहरेको बताएपछि मानसिक तथा शारीरिक यातना दिन थाले ।
उनलाई परिवारका सासु ससुरा र देवरले ०६२ साल जेठ २१ गते घरमै थुनेर आगो लगाई हत्याको प्रयास गरेका थिए ।समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।