उपराष्ट्रपति दोस्तममाथि आक्रमण

काठमाडौं । अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि तालिवान लडाकू समुहले सांघातिक आक्रमण गरेको छ ।
उपराष्ट्रपति राशिदमाथि बल्ख प्रान्तमा तालिवानी आक्रमणमा भएको हो । तर उनी बाच्न भने सफल भएका छन् । उपराष्ट्रपति दोस्तमका एक अंगरक्षकको भने मृत्यु भएको छ । घटनामा दुईजना अंगरक्षक घाइते भएका छन् । उपराष्ट्रपति दोस्तममाथि यो दोश्रो आक्रमण हो । यसअघि गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाती बिस्फोटमा उपराष्ट्रपति राशिद बच्न सफल भएका थिए । सन् २०१४ देखि राजनीतिमा प्रवेश गरेका दोस्तम विवादास्पद छवी भएका नेताका रुपमा चिनिन्छन् । उनीमाथि आफ्ना प्रतिस्पर्धी नेताहरुको अपहरण,बलात्कार जस्ता अपराधमा संलग्न रहेको आरोप लाग्ने गरेको छ ।