Logo बैशाख १, २०७८ बुधबार


नेपाली बालबालिकाका लागि अमेरिकामा भाषा कक्षा

सबु सापकोटा

न्युयोर्क । कुईन्समा रहेका नेपाली बालबालिकाहरूका लागि ३० मार्च ( शनिबारदेखि) नेपाली भाषा कक्षा ल्याफ्राकसिटीको लाईब्रेरी हलमा शुरू भएको छ ।

आमा बाबुसँगै बिदेशमा रहेका बालबालिकाले आफ्नो नेपाली भाषा शुद्ध बोल्न र लेख्न नजान्ने समस्या बढेपछि कुईन्स नेपलीज लायन्स क्लवद्वारा कक्षाको आयोजना गरिएको हो ।

विशेष गरी न्युयोर्कको कुईन्समा रहेका नेपालीहरूका आवाजलाई समेट्दै सोही स्थान आसपासका बालबालिकाहरूलाई मध्यनजर गरि नेपाली भाषा कक्षाको सुरूवात गरिएको क्लवका अध्यक्ष लायन पुरूषोतम पन्थीले बताउनु भयो ।

कार्यक्रमको औपचारिक उद्घाटनमा बोल्दै क्वीन्स नेपलीज लाइन्स क्लबका पूर्व अध्यक्ष मंगलदाश श्रेष्ठले बालबालिकाहरूलाई क्रमशः क–ज्ञ, अ–अं बाट शुरूवात गरि भाषा, नैतिक शिक्षा, संस्कार र दैनिक जिवनमा आवश्यक ज्ञानका बारेमा प्रशिक्षण गरिने बताउनुभयो ।

नेपाली भाषा कक्षामा सहभागीताको लागि करीब ३० जना बालबालिकाहरूको नामावली दर्ता भएको छ । ४ बर्षदेखि १९ बर्षसम्मकालाई सिकाइने उक्त कक्षामा नेपाली भाषा कक्षा हरेक शनिवार दिनको ३ बजे देखी ४ः३० बजेसम्म सञ्चालन हुने पन्थीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…