खुकुरी प्रहारबाट १ घाइते

उदयपुर । बेलका नगरपालिका २ बानडाँडामा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन ।
शनिबार दिउँसो १ बजेको समयमा स्थानिय सितु मान राईले आफ्नै घरमा बस्ने बुहारी बर्ष ३० की चन्दा राईसँग घरयासी ब्यावहारिक बिषयमा बिवादका क्रममा खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।
घाइतेलाई उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । खुकुरी प्रहार गर्ने सितु मान राईलाई प्रहरी चौकी भागलपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।