Logo बैशाख २, २०७८ बिहीबार


प्रदेश ३ मा जनता स्वास्थ परिक्षण शुरु

पुष्पराज अधिकारी

मकावानपुर । ३ नम्बर प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम आज मकवानपुरको हेटौंडा अस्पतालबाट शुरु गरेको छ ।

प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणी पौडेलले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । विपन्न वर्गका जनताको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो ।

शहीद परिवार, जनआन्दोलनका घाईते बेपत्ता परिवार र निम्न आयस्तर भएका विपन्न परिवारका मानिसले वडाको सिफारीशमा यो उपचार सेवा पाउने बताईएको छ । नसर्ने रोग पहिचानका लागि युएसजी, इसीजी, फोक्सो, कलेजो, मृगौला जाँच, रगतलगायत विभिन्न १६ किसीमका परीक्षण निशुल्क गरिनेछ । यसवापात लाग्ने २ हजार २ सय रुपैयाँ प्रदेश सरकारले बेहोर्नेछ ।





युएसजी, इसीजी, फोक्सो, कलेजो, मृगौला जाँच, रगतलगायत विभिन्न १६ किसीमका परीक्षण निशुल्क गरिनेछ ।

सरकारले पहिलो पटक मकवानपुर, धादिङ, भक्तपुर, सिन्धुली र सिन्ुधपाल्चोक गरी ५ जिल्लामा यो कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा ल्याईएको हो । अबको केहि दिनमा ५ वटै जिल्लाको सरकारी अस्पतालबाट यो सेवा सञ्चालन हुने ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री यूवराज दुलालले बताउनुभयो ।

देश नम्बर–३ का मुख्यमन्त्री डोरमणी पौडेलले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । विपन्न वर्गका जनताको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो । शहीद परिवार, जनआन्दोलनका घाईते बेपत्ता परिवार र निम्न आयस्तर भएका विपन्न परिवारका मानिसले वडाको सिफारीशमा यो उपचार सेवा पाउने बताईएको छ । नसर्ने रोग पहिचानका लागि युएसजी, इसीजी, फोक्सो, कलेजो, मृगौला जाँच, रगतलगायत विभिन्न १६ किसीमका परीक्षण निशुल्क गरिनेछ । यसवापात लाग्ने २ हजार २ सय रुपैयाँ प्रदेश सरकारले बेहोर्नेछ ।

सरकारले पहिलो पटक मकवानपुर, धादिङ, भक्तपुर, सिन्धुली र सिन्ुधपाल्चोक गरी ५ जिल्लामा यो कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा ल्याईएको हो । अबको केहि दिनमा ५ वटै जिल्लाको सरकारी अस्पतालबाट यो सेवा सञ्चालन हुने ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री यूवराज दुलालले बताउनुभयो ।

प्रदेश सरकारले यो आर्थिक वर्षमा १० हजार जनताको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका सम्पन्न गर्न चालु वर्षका लागि ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।