अखाद्य वस्तु नष्ट

आशिष बहादुर सिंह
बझाङ । चैनपुरमा म्याद नाघेका अखाद्य वस्तुहरु बरामद गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय बझाङले शनिबार बिहानदेखि आइतबार गरेको बजार अनुगमनमा अखाद्य वस्तुहरु बरामद गरी नष्ट गरिएको हो ।
बजार अनुगमन निरन्तर रहेको छ । ८–१० पसलमा अनुगमन गर्दा झण्डै ५ हजार भन्दा बढी मुल्य बराबरका अखाद्य वस्तु भेटिएका छन् ।
शुक्रबारदेखि शुरु गरिएको बजार अनुगमनका क्रममा बढी जस्तो म्याद नाघेका अखाद्य वस्तुहरु सानो सानो व्यापार गर्ने खुद्रा व्यापारीहरुकोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशिले बताउनुभयो ।