Logo बैशाख २८, २०७८ मंगलबार


धादिङबेसी सडक ३५ वर्षपछि कालो पत्रे हुँदै

सन्तोष श्रेष्ठ
धादिङ । गोर्खासम्म जोडिने धादिङबेसी सडकको प्रयोग गरी उत्तरी धादिङका ३ गाँउपालीका र गोर्खा जिल्लाको तत्कालीन २९ गाँउविकास समितीका स्थानीहरु आवत–जावत गर्ने गर्छन् । धादिङको उत्तरी क्षेत्रलाई जोड्ने यो सडकमा दैनिक हजारौँ यात्रु आवात जावत गर्छन् । बाटो खोलीएको ३५ वर्षपछी धादिङबेसी आरुघाट सडक खण्डको स्तरोन्नती गर्न कालो पत्रे गर्ने काम शुरु भएको छ ।

धादिङदेखी गोर्खासम्म २७ किलोमिटर लम्वाईको रहेको सडकको टारीवेसीदेखी कालो पत्रे गर्ने कार्य शुरु गरीएको हो । २७ किलोमिटर लम्वाईको सडक आगामी असार मसान्तसम्म स्तारोन्नतीसहित कालो पत्रे गरीसक्ने निर्माण कम्पनीले जनाईएको छ । सडकको स्तरोन्नतीसँगै कालो पत्रे गर्ने कार्य शुरु हुँदा आसपासका स्थानीय समेत खुसी भएका छन् । सडक कालो पत्रे भएसँगै धादिङबेसीदेखी सल्यानटारसम्म ४५मिनेटमै पुग्न सकिने छ ।

सडक खण्डको ५३ प्रतिशत काम सम्पन्न भईसकेको निर्माण कम्पनीले जनाएको छ । हरेक वर्षादका वेला हिलो र घाम लागेको बेला धुलोका कारण हैरानी बेहोर्दै आएका यात्रु अब हिलो र धुलोको समस्याबाट मुक्त हुने भएका छन् ।

धादिङको सल्यानटार, आगिनचोक, ज्यामरुङ्गलागएत दर्जनौ गाउँमा उत्पादित कृषीजन्य उत्पादनहरु सहजै बजारसम्म ल्यउन पनी सडक कालो पत्रेभएसंगै सहजता हुने भएको छ । एसियाली विकास बैंकको सहयोग र नेपाल सरकराको ६६ करोड लागतमा धादिङबेसी आरुघाट सडकको स्तरोन्नतीसहित कालो पत्रे गर्ने कार्यको शुरुवात गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…