बारामा भीषण हावाहुरीः २५ को मृत्य, सयौँ घाइते ।


बारामा आज बेलुका आएको भीषण हावाहुरीबाट २५ जनाको मृत्यु भएको छ भने सयौभन्दा बढी घाइते भएका छन् ।
बेलुका करिब ७ः३० बजे गएको भिषण हावाहुरीमा परी २५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् । शाहीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । भने अन्य ४ जनाको पुष्टी हुन बाँकि रहेको छ । घाइतेहरुलाई वीरगञ्ज र नजिकको अस्पताल उपचार भइरहेको छ ।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस–नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए । दैविक प्रकोपको विपत्ति आएको जनाउँदै सुरक्षाकर्मीलाई अलर्ट गरी उद्धार कार्य जारी रहेको बताइएको छ । सो घटनामा परी ४०० बढी जना सर्वसाधारण घाईते भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकारिक टवीट् मार्फत जानकारी दिइएको हो ।

यस घटनाबारे थप विवरण आउन बाँकी छ ।