Nic

‘सामाजिक मिसनमा उहाँको अटुट निष्ठा’

नरेश न्यौपाने
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि नेकपाका युवा नेताहरुले आफ्नो आन्दोलनको एक वरिष्ठतम नेता गमाएको प्रतित्रक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्दै नेकपाका नेता एवं स्थायी समिति सदस्य घनश्याम भुसालले नेपालको अर्थराजनीतिलाई नयाँ मोड दिनुभएका कम्युनिष्ट आन्दोलनका एकजना वरिष्ठतम अगुवा गुमाउनुपरेको प्रतिक्रिया दिनुभएको छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री एवं नेकपाका अर्का स्थायी समिती सदस्य शंकर पोख्रेलले नेपालको कम्युनिष्ट आन्दोलनले एक समन्वयकारी नेता गुमाएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पोख्रेलले अधिकारी भौतिक रुपमा हामी माझ नरहे पनि नेपालको पहिलो कम्युनिष्ट सरकारको सफल अर्थमन्त्रीका रुपमा उहाँ सबैको सम्झनामा रहिरहने उल्लेख गर्नुभएको छ ।

लामो समय अचेल अवस्थामा रहनुभएका ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार राति निधन भएको हो । नेता अधिकारीलाई एक सफल अर्थमन्त्री र सामाजिक कार्यक्रमहरुको शुरुवातकर्ताका रुपमा नेकपाका नेता कार्यकर्ता र आम सर्वसाधारणहरुले विभिन्न माध्यामबाट सम्झिरहेका छन् ।

घनश्याम भुसाल
नागरिकप्रति राज्य पनि ज़िम्मेवार हुनुपर्छ भन्ने मान्यताको आरम्भ गरेर कमरेड भरतमोहन अधिकारीले नेपालको अर्थराजनीतिलाई नयाँ मोड दिनुभएको थियो । हाम्रो आन्दोलनका एकजना वरिष्ठतम अगुवाप्रति श्रद्नान्जली ।

शंकर पोख्रेल
पुरानो पुस्ताका स्थापित नेताहरुमध्येका अगुवा नेता तथा नेपालको कम्युनिष्ट आन्दोलनमा समन्वयकारी नेताको छवि बनाउन सफल कमरेड भरतमोहन अधिकारी हामी माझ रहनु भएन । भौतिक रुपमा हामी माझ नरहे पनि नेपालको पहिलो कम्युनिष्ट सरकारको सफल अर्थमन्त्रीका रुपमा उहाँ हामी सबैको संझनामा बाँचिरहनु हुनेछ ।

बिष्णु रिमाल
अर्थ सहित विभिन्न मन्त्रालयका मन्त्री एवं पार्टी नेताको हैसियतमा सामाजिक रूपान्तरणको लागि कमरेड अधिकारीले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ।

टंक कार्की
यो दुखद समाचार सेयर गर्नु नपरोस भन्दा भन्दै यथार्थ यो रह्यो कि, भरत मोहन अधिकारी अब हामी बीच रहनु भएन । उहाँ स्थापनाकालको नेकपा, कम्युनिष्ट आन्दोलन भित्रकै पुर्व कोशी समुह, मार्क्सवादी, एमाले र आजको नेकपाको आदरणीय नेता हुनुहुन्थ्यो । वहाँले मुलुकको अर्थमन्त्रीको कार्यभार पनि सफलतापूर्वक निर्वाह पनि गर्नु भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको एकता र आन्दोलनको सामाजिक मिशन प्रति वहाँमा अटुट आस्था र निष्ठा थियो । लोकतन्त्र, राष्ट्रियता र सामाजिक न्यायको निम्ति संघर्ष नै उहाँको जीवनगाथा हो । २०३१ साल यताको उहाँको राजनीतिक जीवनको म प्रत्यक्ष साक्षी पनि हुँ । उहाँको सरलता र सादगी कम लोभलाग्दो थिएन ।

डा. विजय पौडेल
प्रगतिशील बजेटका गुरु, यस्तो समाचार आयो तर पत्याउन मन छैन । देशकालागि एउटा बाटो देखाउनु भएको छ । तपाईंको शिक्षालाई सदैव पछ्याउने छौं ।

बिष्णु रिजाल
मैले भेटेका नेताहरुमध्ये अत्यन्त सरल, काम गर्ने कला भएको र अद्यावधिक भइरहने नेताका रुपमा भरतमोहन अधिकारीलाई पाएको छु ।

(दिवंगत नेता अधिकारीबारे नेकपाका युवा नेताहरुले सामाजिक सञ्जालमा राख्नुभएका प्रतिक्रियाहरु समावेश गरि तयार पारिएको सामग्री )

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…