Nic

फर्केर आउनु जब याद आउँछ मेरो

कविता

–आरोही मादेन

नसोध मलाइ कि
किन प्रश्न गरिनँ तिमीसँग
तिमीले छोडेर जानुमा

किनकी,
यो कुरासँग म पनि निःशब्द थिएँ

कि म भन्दा राम्रो
प्रेमको हकदार हो तिमी

यसरी म हजारौँ शब्दमा
तिम्रो तारिफ गरुँ,
त्यो पनि कम लाग्छ

सायद
यो दुनियाँमा कुनै शब्दै छैन
जो तिम्रो तारिफ गर्न सकूँ !

तिमीलाई याद त छ होला
त्यो सुन्दर पल
त्यो लुकिछुपी गरेको भेटघाट
अनि त्यही पुरानो कसम र वाचा

आशा छ
कि दोहोर्‍याउने छैनौ
कुनै अर्को प्रेमसँग यस्तो भुल

यसरी त जिन्दगी धेरै लामो छ
तर हाम्रो सम्बन्धको आयु कम थियो

थाहा थिएन
कि प्रेम गर्दा यति विघ्न भारी हुन्छ भन्ने
आधी बाटोमै साथ छोड्नु पर्छ भन्ने

रोज्दिनँ थिए यो प्रेमको बाटो
यदि थाहा हुन्थ्यो भने
कि यो टुक्रिएको मुटुको
सहारामा जिउनु पर्छ भन्ने

याद तिम्रो हरेक दिन आउँछ
तर हर काममा दखल दिएर जान्छ
अब यो दखल अन्दाजसित पनि
प्रेम छ मलाइ

किनकी
मसँग सिर्फ तिम्रो याद बाँकी छ

केही कुरो तिम्रो
मलाइ याद आउँछ
मेरो आँखालाई रसाइदिएर जान्छ
आफ्नो हाल सुनाउन कोही छैन

वश
अनुहारमा मुस्कान छ
अनि जिन्दगी यसरी नै
अगाडि बढ्दै जाँदैछ

खुला छ यो अँगालो
फर्केर आउनु जब याद आउँछ मेरो
नसम्झ गलत मलाइ
आज पनि हुँ तिम्रो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…