Nic

कुरा ठूला गर्ने तर काम गर्दा खुट्टा कमाएको मन पर्दैन

४ मुक्तक

–तिलस्मी प्रभास

१.
बाहिरको आगोले त कति नै पोल्छ र जति भित्रकोले पोल्छ
अभिनय गर्दैमा को साधु हुन्छ र व्यवहारले सबै पोल खोल्छ
सुन्दर वस्त्र अनि आभूषण धारण गर्दा भव्य नै देखिएला तर
नबोल्दासम्म मात्रै सुहाउँछ ऊ तब मूर्ख ठहरिन्छ जब बोल्छ ।

२.
जसले जान्दैन अड्कल्न जिन्दगीका घडि, पला र मात्राहरू
उसैका जीवनमा नै देखिन्छन् दिनप्रतिदिन अनौठा जात्राहरू
मानव हुनुको महत्त्वपूर्ण क्षणका उपलब्धि त हासिल गर्नैपर्छ
हामीलाई नै कुरिरहेका पनि त हुनसक्छन् ती घाट र कात्राहरू ।

३.
चम्चे, धुपौरे र नारदहरूद्वारा कुरो लगाइन्छ यहाँ
नराम्रो चाहिँ पहाड बनाइन्छ राम्रो बगाइन्छ यहाँ
सत्य निष्ठावान अनि सदाचारी कति नै होलान् र
साधुलाई भगाइन्छ र दुष्टहरूलाई सघाइन्छ यहाँ ।

४.
शंकासम्म त सहिदिउँला तर हैकम जमाएको मन पर्दैन
कुरा ठूला गर्ने तर काम गर्दा खुट्टा कमाएको मन पर्दैन
तिमीसँगै रमाउछु भनी हात समाउछ भने किनकिन ऊ
झुक्किएर पनि एकै पल अरूसँग रमाएको मन पर्दैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…