अस्ट्रेलियामाथि भारतको झिनो जित

काठमाडौं । अस्ट्रेलियालाई ८ रनको झिनो अन्तरले पराजित गर्दै भारतमा जारी पाँच एक दिवसीय खेलको श्रृंखलामा घरेलु टीमले २–० को अग्रता बनाएको छ । भारतले दिएको २ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा रहेको अस्ट्रेलियाले ४९ ओभर ३ बलमा अल आउट हुँदै मात्र २ सय ४२ रन बनायो ।

भारतको जितका लागि कप्तान विराटी कोहलीले महत्वपूर्ण पारी खेले । उनले १ सय २० बलको सामना गर्दै १ सय १६ रन बनाए । भारतका लागि विजय शंकरले ४६, शिखर धवन र रवीन्द्रसिंह जडेजाले समान २१, अम्बाती राएडुले १८ र केदार जाधवले ११ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतलाई २ सय ५० मा समेट्नको लागि अस्ट्रेलियाका पट कुमिन्स एक्लैले ४ विकेट लिए भने एडम जाम्पाले २ विकेट लिए । ग्लेन म्याक्सवेल, नथन कल्चर नाइल र नथन लायनले समान एक÷एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाका लागि मार्कस स्टोनिसले सर्वाधिक ५२ रन बनाए । एरोन फिन्च ३७, उस्मान खावाजा ३८, साउन मार्स १६, पिटर ह्याण्ड्सकम्ब ४८ र एलेक्स क्यारीले २२ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाको जित रोक्नका लागि भारतका कुलदीप यादवले ३, जसप्रित बुम्राह र विजय शंकरले दुई/दुई र रवीन्द्रसिंह जडेजा र केदार जाधवले समान एक/एक विकेट लिए ।

सर्वाधिक १ सय १६ रन बनाएको भारतीय कप्तान विराट कोहली प्लेयर अफ द म्याच घोषित भए । पाँच खेलको श्रृंखलाको तेश्रो खेल शुक्रबार दिउँसो पौने २ बजेदेखि शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

काठमाडौं । मुलुकको विभिन्न स्थानमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि भएको आक्रमणको निजामती कर्मचारीहरुको आधिकारिक ट्रड यूनियनले भर्त्सना…

काठमाडौं ।  लकडाउन जारी नै रहेको समयमा व्यापारीले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका…

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाबारे…

सुखिलाल चौधरी उदयपुर । कटारी नगरपालिकाकामा १२ वर्षीया बालिकाको पेटमा ८ साताको गर्भ रहेको पाइएको छ । बालिकाको पेटमा ८…