Nic

माओत्सेतुङले विकास गरेका सङ्गठनात्मक सञ्चालनका १६ विधि

काठमाडौं । संसारभरिका कम्युनिष्टहरुले अत्यन्तै आदरका साथ सम्मान गर्ने दिवंगत चिनियाँ कम्युनिष्ट नेता हुन् माओत्सेतुङ । खासगरि चिनमा साँस्कृतिक क्रान्तिका माध्यमबाट परिवर्तनको विगुल फुकेका नेता थिए माओत्सेतुङ । ‘अर्काको सियो पनि नउठाउ’ भन्ने माओको चर्चित भनाई त विश्वभरिका कम्युनिष्ट नेता कार्यकर्ताहरुको मुखमा झुण्डिएकै पाइन्छ ।

तिनै महान नेता माओले कम्युनिष्ट नेता कार्यकर्ताहरुलाई पार्टी सञ्चालन पद्धतिका बारेमा केही महत्वपूर्ण विधि बताउनुभएको थियो । पार्टी संगठन निर्माण गर्दा होस वा सञ्चालनका क्रममा होस नेतृत्वकर्ता तथा कार्यकर्ता निकै समझदार र निर्णायक बन्नुपर्नेमा उहाँले जोड दिनुभएको देखिन्छ । माओत्सेतुङले यससम्बन्धि अघि सार्नुभएका अवधारणाहरु स्वेच्छाचारीताको बाटो अंगाल्न खोजिरहेका आजका कम्युनिष्टहरुले पालना गर्न सके आफ्नै महान नेताको झनै आदर हुन्थ्यो कि ?

१) समझदार बन, निर्णायक बन
२) केही सम्भावना देख
३) छालको गतिसरह अघि बढ
४) बढीभन्दा बढी प्रभावको लागि प्रयास गर
५) स्थितिको निरीक्षण गर्न कुशल बन
६) ठीक समयमा निर्णय गर
७) विचारलाई व्यक्त हुन देऊ
८) गतिरोधलाई तोड
९) अल्पमत होस् तर सत्य नछोड
१०) समस्याहरूलाई ऐतिहासिक दृष्टिकोणबाट हेर
११) बुझ्न सकिने शैलीमा जोड देऊ र स्पष्ट रुख अपनाऊ
१२) जिम्मेवार बन
१३) गलत चिन्तनबाट मुक्त होऊ
१४) आलोचना तथा आत्मालोचना लागू गर
१५) सामूहिक नेतृत्व कायम गर
१६) विभिन्न विभागहरूका बीचमा सम्बन्ध बनाऊ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी भन्नासाथ पुरुष त्यसमा पनि अलि कडा स्वभाव र जुङा भएको पुरुष मात्रै हुन्छन् भन्ने सोचाई अधिकांश मानिसमा…