Nic

सिद्धान्त र पार्टीभित्र दलबदल छ शहरभरि

गजल

–राधा पाण्डे

निसासिँदो परिस्थिति कोलाहल छ शहरभरि
जताततै अव्यवस्था, खलबल छ शहरभरि

बाँच्नलाई पनि अचेल गाह्रो हुँदै जान थाल्यो
प्रदुषित र दुर्गन्धित धरातल छ शहरभरि

मान्छेलाई मूर्ति अनि मूर्तिलाई मान्छे भन्दै
भूमिका र चिनारीको फेरबदल छ शहरभरि

क्षणक्षणमा बदलिन्छन् मानिसका रहरहरु
वातावरण मौसमजस्तै चञ्चल छ शहरभरि

आस्था, नीति, तर्कलाई व्यापारमा बदलेर
सिद्धान्त र पार्टीभित्र दलबदल छ शहरभरि

(पाण्डेको गजल संग्रह मनका हजार रङबाट)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– पैसाको अभाव हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।वृष– कृषिबाट लाभ मिल्नेछ । काम छिटो बन्नेछ ।मिथुन– राजनीतिक फाइदा आउनेछ । पहिचान…