Logo बैशाख १, २०७८ बुधबार


मौसमले साथ दिए तत्काल ‘नाइट भिजन’ हेलिकप्टरबाट उद्दार सुरु हुन्छः प्रधानमन्त्री

आइतबार बेलुका साँझ आएको विनाशकारी हावाहुरीका कारण बारा, लयागतका तराईका जिल्लामा कम्तीमा २५ जनाको ज्यान गएको छ । ४ सय भन्दा बढी घाइते भएको छ ।

हावाहुरीले इँटा भट्टा, बिजुलीका पोल लडाएको छ । त्यस्तै गुडिरहेका गाडी नै पल्टाउने गरी हावाहुरी आएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउनु भएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाण्डौको एयर बेसमा ‘नाइट भिजन’ हेलिकप्टर तयारी अवस्थामा राखिएको प्रधानमन्त्री ओलीले जानकारी दिनु भएको छ ।

सोमबार बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।

प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीसँगै उद्दारमा संलग्न रहन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ ।

अहिले पनि स्थानीय स्तरमा रहेका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्दार र राहतका काम गरिरहेको छ । घाइतेहरुलाई वीरगञ्ज उपक्षेत्रीय अस्पताल तथा विभिन्न अस्पतालमा उपचारका लागि लैजाने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…