विनाशकारी हावाहुरीको चपेटामा तराई–मधेसः बारामा २९ र पर्सामा पाँचको मृत्यु ।

आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा धनजनको ठूलो जन–धनको क्षति भएको छ ।
अहिलेसम्म बारामा २७ जनाको र पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेका छन्।
घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ। तर ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार हावाहुरीबाट बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन् ।
प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिएको हो ।