Logo बैशाख २, २०७८ बिहीबार


मन्त्रिपरिषद्को बैठक सकियो, मृतकका परिवारलाई ३ लाख दिइने

जनकपुरधाम । प्रदेश २ सरकारले बारा र पर्सामा हावाहुरीबाट मृत्यु भएका मृतक परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले आइतबार राती हावाहुरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ । बैठकले मृतक परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो । उहाँले घाइतेहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिएको तथा पीडित परिवारहरुलाई तत्काल राहतको व्यवस्था प्रदेश सरकारले गरेको वताउनुभयो ।

मन्त्री यादवले विपदमा काम गर्ने संघसंस्था र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । उहाँले घाइतेहरुलाई रगतको कमी हुन नदिनका लागि सम्पुर्ण रेडक्रस र अस्पतालहरुलाई रगतको अभाव सृजना हुन नदिन निर्देशन दिएको बताउनुभयो ।

यसै गरि मन्त्री परिषदको बैठकले घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय तत्काल राहत तथा उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिमा समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र कानून मन्त्रालयको उपसचिव समितिको सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

यसै गरि मुख्यमन्त्री राहत कोषमा सहयोग गर्नका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले केही बेरमै खाता नम्बर सार्वजनिक गरिने जनाइएको छ । सरकारले यस दुःख घडीमा सम्पूर्ण संघ संस्था, उद्योगी व्यवसायी र प्रदेश तथा देसवासीलाई हातेमालो गर्न आह्वान समेत गरेको छ ।

आइतबार राती बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट अहिलेसमम ३५ जनाको ज्यान गइसकेको छ । जसमा सयौं घाइते भएका छन् । उनीहरुको बारा र पर्साको विभिन्न अस्पताल र क्लिनिकहरुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।