Logo ८ श्रावण २०७८, शुक्रबार


बारामा २७ को मृत्यू , दर्जनौं घाईते

अनिल तिवारी
बारा ।
आइतबार साँझ करिब सात बजेको समयमा आएको विनाशकारी हावाहुरीमा परि बारामा २७ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाईते भएका छन् ।

जिल्लाको फेँटा गाउँपालिका वडा नम्बर ६ पुरैनिया र वडा नम्बर १ भलुहिभरवलियामा गरी २७ जनाको मृत्यू भएको प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताउनुभयो । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ ।

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साको विभिन्न स्थानमा गरी ४ सय भन्दाबढि घाईते भएको र उनीहरुको बिरगंजको नारायणी उपक्षेत्रीय अस्पताल र गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्रामीण क्षेत्रमा आएको विनाशकारी हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपतमा परेकाहरुको नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीयवासी एक जुट भएर उद्दार कार्यमा लागेको बारा प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…