Logo बैशाख ३१, २०७८ शुक्रबार


आइपीएल क्रिकेटः धाेनीकाे विस्फाेटक ब्याटिङले चेन्नाई विजयी

काठमाडौं । आइपीएल क्रिकेटमा आइतबार भएको दोस्रो खेलमा कप्तान महेन्द्र सिंह धोनीको टिम चेन्नाई सुपर किंग्स विजयी भएको छ । चेन्नाईले राजस्थानलाई ८ रनले पराजित गरेको हो ।

एमए चिदामबरम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । चेन्नाईका लागि कप्तान धोनीले सर्वाधिक ७५ रन बनाए भने सुरेश रैनाले ३६, डिजे ब्राबोले २७ र सेन वाट्सनले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ राजस्थानका लागि जोफ्रा आर्चरले २ तथा बेन स्टोक्स, धवल कुलकर्णी र जयदेव उनादकटले समान एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाए १ सय ७५ रनमा सिमित रह्यो । राजस्थानका लागि बेन स्टोक ४६, राहुल त्रिपाठी ३९, स्टेभेन स्मिथ २८ र जोफ्रा आर्चरले २४ रन ल्याएता पनि त्यो जितको लागि पर्याप्त हुन सकेन । चेन्नाईको जितका लागि दीपक चहर, शार्दुल ठाकुर, इमरान ताहिर र डेन ब्राभोले समान दुई–दुई विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज नेपाली लेग स्पिनर सम्मिलित दिल्ली क्यापिटल्स र किंग्स इलावेन पञ्जाबको खेल हुनेछ । खेल नेपाली समय अनुसार राती सवा ८ बजे पञ्जाबको घरेलु क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…