Logo ८ श्रावण २०७८, शुक्रबार


आफ्नै परिवारबाट फिरौती माग्ने पक्राउ

लोकेन्द्रप्रसाद जोशी
दार्चुला ।
अपहरणमा परेको नाटक गरेर आफ्नै परिवारबाट फिरौती माग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुलाको नौगाड ६ घर भई हाल काठमाण्डाैंको जडिबुटी बस्दै आएका २६ वर्षीय जयभान सिंह धामी रहेको महानगरीय अपराध महाशाखा काठमाण्डाैंले जनाएको छ ।

गत बिहीवार धामीका दाजुले आफ्नो भाई अपहरणमा परेको र २३ लाख रुपैयाँ फिरौती मागेको जानकारी दिएपछि प्रहरीले अपहरणको नाटक गर्ने धामीको खोजी शुरु गरेको थियो । तीन दिनसम्म खोजी गरेपछि प्रहरीले शनिवार चाबहिलमा कोठाभित्र बसेको अवस्थामा फेला पारेको महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिह राठौरले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानको क्रममा जयभानले साथीसँग लिएको ऋण तिर्नको लागि अपहरणको नाटक गरेको खुल्न आएको प्रहरीले जनाएको छ । आइतबार सार्वजनिक अपराध कसुरको मुद्दामा अदालतबाट म्याद थप गरे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।


धामीलगायतको समूह नेपालबाट रोजगारीको प्रलोभन देखाउँदै गैरकानुनी बाटोबाट क्रोएसिया ‘मानव तस्करी’ गरिरहेको आशंकामा अनुसन्धान भइरहेको प्रहरी श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…